चेन्नाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण संयुक्त महिला बिभागको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न पारिएको छ ।
कार्यक्रम रुक्मणी परियारको अध्यक्षता र भवानी खत्री सुनारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य काशिराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धि राम पौडेल, क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर सचिवालय सदस्य नेत्रलाल शर्मा, किशोर शर्मा, दक्षिण भारत क्षेत्रीय सांस्कृतिक बिभाग तथा चेन्नई पश्चिम नगर संयोजक डिल बहादुर जिएम, नगर सदस्यहरू मोहन बुढा, पश्चिम नगर सदस्य तथा काटुर ए टोल अध्यक्ष सन्तोष थापा, उपाध्यक्ष रेश बहादुर सुनार, बिकास नेपाल, मनोज नेपाली,पूर्व नगर समिति सदस्य सुनिल नेपाली, दक्षिण नगर समितिका सुन्दर परियारले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सहभागिहरूलाई मिना परियार र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

