पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माको प्रमुख आतिथ्यता रहेको थियो । शर्माले श्रमिक महिला दिवश, महिलाहरूको आन्दोलन र योगदानको बारेमा आफ्ना धारणाहरु राख्नु भएको थियो ।
अन्य बक्ताहरूमा मूल प्रवाह नगर उपाध्यक्ष गमबहादुर विक, नगर समिति सदस्य सुर्य गायक, बलबहादुर केसी, समता विभागका विनोद गायक, मूदलियरपेट एरिया समितिबाट राजु गायक, महिला विभाग सविना आचार्य, सविता विक, माया गायक, सितल गायक, सुमि गायक, सुलोचना शर्मा र संझना गायकले महिला आन्दोलन सम्बन्धि बिचार राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता सरस्वती गायक र सञ्चालन जमुना शर्माले गर्नुभएको थियो भने उपस्थित जनमानसलाई रेखा गायकले स्वागत गर्नु भएको थियो ।