जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति महिला विभाग जालन्धर को आयोजनामा ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को कार्यक्रम मनाइएको छ ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव कुल बहादुर बगाले, वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, सल्लाहकार सदस्य जितमान थापा, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का, विद्यार्थी संघका शिखर गाहा, सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला विभाग कि सदस्य मीना बगाले, मूल प्रवाह नगर समितिबाट लक्ष्मण कार्की साँस्कृतिक विभागबाट विवेक थापाको आतिथ्यता साथै महिला दिवसको बारेमा प्रकाश पार्नु भएको थियो ।
महिला विभागको तर्फबाट सन्तोषी थापा, माया परियार, शान्ता चौधरी, मीना गाहा, परमिना र माया चौहान, सुनिता नेपालीले बिचार राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता शुष्मा खड्काले, स्वागत मन्तव्य रोशनी बस्याल र सञ्चालन जमुना गाहाले गर्नु भएको थियो ।