काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिन थालेको छ । हालसम्म एक सय २२ सिटको नजिता आइसक्दा ४३ को मतगणना तीव्र गतिका साथ चलिरहेको छ भने एक सिटको मतगणना गर्न बाँकी छ ।
निर्वाचन आयोगका अनुसार रास्वपाले ९८ सिटमा विजय हासिल गरिसकेको छ भने २७ सिटमा अग्रता लिइरहेको छ ।
त्यस्तै कङ्ग्रेसले १४ सिटमा विजय हासिल गरिसक्दा तीन सिटमा अग्रता लिइरहेको छ भने एमालेले तीन सिटमा विजयसँगै सात सिटमा अग्रता लिइरहेको छ ।
यता चार सित जितेर नेकपाले तीन सिटमा अग्रता लिइरहेको छ ।
त्यसैगरी राप्रपा र स्वतन्त्रमा महावीर पुनले विजय हासिल गरिरहँदा हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले तीन सिटमा अग्रता लिइरहेको छ ।
आयोगले हालसम्म २३ लाख ८३ हजार सात सय ६३ समानुपातिकतर्फको मतगणना गरिसक्दा रास्वपाले ११ लाख ९६ हजार नौ सय १४, कङ्ग्रेसले चार लाख एक हजार सात सय ६८, एमालेले तीन लाख २१ हजार दुई सय नौ र नेकपाले एक लाख ५४ हजार एक सय ७७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी हालसम्म श्रमसंस्कृति पार्टीले ४७ हजार दुई सय ७७, नेमकिपाले १० हजार तीन सय ७५, राष्ट्रिय जनमोर्चाले सात हजार ६ सय २२ मत प्राप्त गरिसकेको छ ।