• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रुसी तेल किनिरहने भारतको अडान


  •   शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
  • नयाँदिल्ली । मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला भारतले रुसी कच्चा तेल आयात जारी राख्ने स्पष्ट सङ्केत दिएको छ । भारतीय सरकारले शनिबार जारी गरेको जानकारीअनुसार नयाँदिल्लीले रुसी तेल किन्ने विषयमा कुनै पनि देशको अनुमति आवश्यक नपर्ने अडान राखेको छ ।

    Advertisement

    इरानविरुद्ध अमेरिका–इजरायलको सैन्य अभियान र त्यसको प्रतिक्रियामा तेहरानले खाडी क्षेत्रमा थालेका आक्रमणका कारण अन्तर्राष्ट्रिय ऊर्जा र ढुवानी क्षेत्रमा ठूलो असर परेको छ । यसले विश्वव्यापी रूपमा तेलको मूल्य तीव्र रूपमा बढाएको छ र आपूर्ति शृङ्खलामा अनिश्चितता थपिएको छ ।

    यसैबीच अमेरिकाले बिहीबार रुसविरुद्ध लगाइएको आर्थिक प्रतिबन्धमा अस्थायी रूपमा ढिलाइ गर्दै समुद्रमा रोकिएका रुसी तेल भारतलाई बेच्न अनुमति दिएको थियो । उक्त निर्णयले भारतले रुसी तेल खरिद गर्न सक्ने बाटो खुलेको मानिएको थियो ।

    तर भारत सरकारले भने यस्तो छुटमा निर्भर नभएको स्पष्ट पारेको छ । सरकारको प्रेस सूचना ब्युरोले जारी गरेको विज्ञप्तिमा भारतले रुसी तेल खरिदका लागि कुनै पनि देशको अनुमति आवश्यक नपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भारतले फेब्रुअरी २०२६ मा पनि रुसी तेल आयात गरिरहेको र रुस अझै भारतको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता रहेको जनाइएको छ ।

    यसअघि नयाँदिल्लीले रुसी तेल खरिद रोक्ने प्रतिबद्धता व्यक्त गरेको भन्ने चर्चा सार्वजनिक भएपछि वासिङ्टनले फेब्रुअरीमा भारतीय निर्यातमा लगाइएको २५ प्रतिशत शुल्क फिर्ता लिएको थियो । उक्त कदम अन्तरिम व्यापार सम्झौतासँग जोडिएको थियो ।

    तर उक्त कथित प्रतिबद्धता संयुक्त वक्तव्यमा समावेश गरिएको थिएन । भारत सरकारले पनि रुसी तेल खरिद रोक्ने वाचा गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट पुष्टि वा अस्वीकार दुवै गरेको छैन । नयाँदिल्लीले आफ्ना ऊर्जा नीतिहरू राष्ट्रिय हितका आधारमा तय हुने बताउँदै आएको छ ।

    सरकारले हाल देशसँग कच्चा तेल र पेट्रोलियम उत्पादनको पर्याप्त भण्डार रहेको जनाएको छ । विज्ञप्तिअनुसार भारतसँग करिब २५ करोड ब्यारेल कच्चा तेल र पेट्रोलियम पदार्थको भण्डार रहेको छ, जसले अल्पकालीन आपूर्ति अवरोधहरू सामना गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

    यद्यपि विश्व बजारमा मूल्य बढ्दै जाँदा भारतमा केही ऊर्जा उत्पादनको मूल्यमा असर देखिन थालेको छ । शनिबार सरकारले घरेलु प्रयोगका लागि प्रयोग हुने लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी० सिलिन्डरको मूल्य सात प्रतिशतले बढाएको घोषणा गरेको छ ।

    विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ । शुक्रबार मात्र तेलको मूल्य ८।५ प्रतिशतले बढेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘बिना शर्त आत्मसमर्पण’ गरे मात्रै मध्यपूर्व युद्ध अन्त्य हुन सक्ने बताएका कारण बजारमा थप तनाव बढेको र हप्ताभरमा तेलको मूल्य करिब ३० प्रतिशतले उकालो लागेको छ ।

    यसैबीच भारतले एलपिजी उत्पादन बढाउने प्रयास पनि सुरु गरेको छ । यस हप्ताको सुरुआतमा भारतको पेट्रोलियम मन्त्रालयले देशका रिफाइनरीहरूलाई प्रोपेन र ब्युटेन स्ट्रिम प्रयोग गरेर उत्पादन बढाउन निर्देशन दिएको थियो ।

    डाटा इन्टेलिजेन्स कम्पनी केप्लरका अनुसार भारत विश्वको दोस्रो ठूलो एलपिजी खरिदकर्ता हो । भारतले प्रयोग गर्ने एलपिजीको ९० प्रतिशतभन्दा बढी आपूर्ति मध्यपूर्वबाट आयात हुने भएकाले त्यहाँको तनावले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ ।

    शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.