• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद


  •   शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ ।

    Advertisement

    प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उहाँले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउनुभयो । पश्चिम एसियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ रहेका नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ‘ट्रान्जिट’मा रहेका मानिसको समान रूपमा हेरविचार गरेकामा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्रीले यही फागुन १७ गते जायद अन्तरराष्ट्रिय विमानस्थलमा सेवाप्रवाहका क्रममा एक नेपाली नागरिकले जीवन गुमाएको जानकारी प्राप्त हुँदा आफूलाई दु:ख लागेको बताउनुभयो । साथै फागुन २१ गते अबुधाबीको आइसिएडी क्षेत्रमा दुई जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवद्र्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासमा युएईले राष्ट्रपति शेख मोहमद बिनको कुशल नेतृत्वमा भएका कामको प्रशंसा गर्नुभयो ।

    आगामी वर्षमा आर्थिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै द्विपक्षीय सम्बन्ध विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति, युएई सरकार र त्यहाँका जनतालाई त्यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्रीले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्तत: नयाँ कूटनीतिका लागि स्थान उपलब्ध गराउने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताउनुभयो ।

    उहाँले तत्कालका लागि नेपाली नागरिकको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा सङ्कुचन र बढ्दो मुद्रास्फीतिसहित व्यापक आर्थिक दबाबको सामना गरिरहनुपरेको बताउनुभयो । ‘ट्रान्जिट’मा रहेका यात्रु विस्तारै नेपाल वा तेस्रो देशमा आ–आफ्ना गन्तव्यमा सुरक्षित रूपमा प्रस्थान गर्नसक्नेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

    युएईका राष्ट्रपतिले विषम परिस्थितिमा नेपालले एक असल मित्रका रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईकोतर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    उहाँले काममा खटिएका बेला एक जना नेपालीले ज्यान गएकामा दु:ख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । उहाँले नेपाल र युएईबीचको सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनत र असल आचरणको प्रशंसा गर्नुभयो ।

    युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेका बताउनुभयो । साथै उहाँले नेपालीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्न आफू तत्पर रहेको बताउनुभयो ।

    केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै युएईका राष्ट्रपतिले परिस्थिति सहज भएपछि सबै किसिमको सहयोग उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

    शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.