काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रष्ट बहुमततर्फ लम्किरहँदै गर्दा तीन सिटमा अझै मतगणना हुन सकेको छैन ।
Advertisement
हालसम्म उसले १८ सिटमा विजय हासिल गरेर ९९ सिटमा अग्रता हासिल गरिरहेको छ ।
आज बिहानसम्मको मतगणना परिणामअनुसार दोस्रो स्थानमा काङ्ग्रेसले पाँच सिट जितेर नौ सिटमा अग्रता लिएको छ भने एमालेले एक सिट जितेर १० सिटमा अग्रता लिइरहेको छ ।
त्यस्तै नेकपाले दुई सिट जितेर १० सिटमा अग्रता लिइरहेको छ ।
एवम् प्रकारले श्रमसंस्कृति पार्टीले छ तथा राप्रपा र स्वतन्त्र महावीर पुनले एक/एक सिटमा अग्रता लिइरहेका छन् ।
फागुन २१ गते सम्मन्न चुनावमा ६८ राजनीतिक दलका तीन हजार चार सय छ उम्मेदवार मैदानमा थिए । एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाता रहेकोमा निर्वाचन आयोगले करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिएको थियो ।