काठमाडौँ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३३०७ मतसहित विजयी भएका छन्।
Advertisement
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत प्राप्त गरेका छन् भने रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन्।
मुस्ताङमा ११ हजार ३२८ मतदाता मध्ये ६३८८ मत खसेको थियो र १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।