काठमाडौँ । काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छिन् ।
Advertisement
रञ्जु १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन्।
कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए ।
यसअघि ०७९ को चुनावमा उनले काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बन्दा ६ सय मत ल्याएकी थिइन् ।
त्यसअघि २०७४ स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनी २३ हजार ४ सय ३९ मतसहित तेस्रो स्थानमा थिइन् ।