काठमाडौँ । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
Advertisement
२०८२ फागुन २१ गते बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगले यस्तो अनुमान व्यक्त गरेको हो ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए यद्यपि पूरा विवरण सङ्कलन हुँदै गरेको जानकारी पनि उनले दिए ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाता थिए । त्यसमध्ये ९६ लाख ६३ हजार तीन ५८ पुरुष मतदाता, ९२ लाख ४० हजार एक सय ३१ महिला मतदाता र दुई सय जना अन्य मतदाता थिए ।
आज खसेको मतदानमा काठमाडौँ, झापासहित केही देशमा तुलनात्मक रूपमा बढी खसेको देखिएको छ ।