काठमाडौँ । दोलखामा हराएका सबै मतपत्र भेटिएका छैनन ।
Advertisement
मतपत्र सबै फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरूबिच झडप भएकाले उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास भएको थियो, सोही क्रममा मतपत्र समेत हराएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हराएका मतपत्रहरूको खोजी जारी रहेको जानकारी दिए ।
‘५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, ‘अरू मतपत्रको पनि खोजी जारी छ ।’
उनले मतदान सुरु गर्नका लागि दलका प्रतिनिधिबिच छलफल भइरहेको जानकारी दिए ।