काठमाडौँ । सुदुरपश्चिमबाट राजमो उम्मेदवारहरू राजाराम चौधरी, चन्द्रदेव विक, बिर्खराज पन्त र रामबहादुर कार्कीले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार चौधरी र कार्कीले कञ्चनपुरबाट, विकले डडेलधुराबाट र पन्तले दार्चुलाबाट मतदान गर्नुभएको हो ।
कञ्चनपुर–१ बाट उम्मेदवार बन्नुभएका चौधरीले बेलौरी नगरपालिका–९ कुन्डागाउँबाट मतदान गर्नुभएको छ । सो ठाउँमा अवस्थित गोरखनाथ माविमा कायम गरिएको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।
डडेलधुरा निर्वाचन क्षेत्रबाट राजमोका उम्मेदवार बन्नुभएका विकले पहिलो मतदाताको रूपमा मतदान गर्नुभएको छ । जिल्लाको पर्शुराम नगरपालिका वडा नं. ५ परिगाउँस्थित भूवनेश्वरी नमुना मावि मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
दार्चुलाबाट राजमो उम्मेदवार रहनुभएका पन्तले शैल्यशिखर नगरपालिकाबाट मतदान गर्नुभएको छ । वडा नं. ८ झरकडास्थित गलइनाथ माविमा कायम गरिएको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।
कञ्चनपुरकै निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार कार्कीले पनि मतदान गरिसक्नुभएको छ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहा रामपुरस्थित कृष्ण मावि मतदान केन्द्रमा पुगेर कार्कीले मतदान गर्नुभएको हो ।