• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो


  •   बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित
  • वासिङ्टन । मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान र इजरायलबीच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा सङ्कट र विश्व शक्तिहरूबीच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको सङ्केत दिएका छन् ।

    Advertisement

    बिहीबार बिहान इरानको राजधानी तेहरानमा थुप्रै विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ । विस्फोटपछि देशको सुरक्षा संयन्त्र सक्रिय गरिएको इरानले जनाएको छ ।

    यसैबीच इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेना र तेहरानको राज्य सञ्चारमाध्यमले बताएका छन् । उक्त आक्रमणपछि तेल अभिवसहित धेरै क्षेत्रमा हवाई हमलाको चेतावनी दिइएको थियो । एएफपीका पत्रकारहरूका अनुसार जेरुसेलममा पनि चेतावनी साइरन बजेसँगै विस्फोटको आवाज सुनिएको थियो । तर इजरायलको आपतकालीन सेवाले तत्काल कुनै हताहत नभएको जनाएको छ ।

    इजरायलले लेबनानमा पनि आक्रमण जारी राखेको छ । बासिन्दालाई चेतावनी दिएपछि बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढ मानिने क्षेत्रमा हवाई आक्रमण गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्गमा भएका दुई अलग इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

    खाडी क्षेत्रमा पनि तनाव देखिएको छ । कुवेत नजिकको समुद्री क्षेत्रमा भएको ‘ठूलो विस्फोट’ पछि एउटा तेल ट्याङ्करमा क्षति पुगेको र तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ । एजेन्सीका अनुसार लङ्गरमा रहेको ट्याङ्करका कप्तानले बन्दरगाह नजिक ठूलो विस्फोट देखेको र त्यसपछि एउटा सानो जहाज त्यहाँबाट निस्किएको बताएका छन् ।

    इरानसँगको तनाव बढेपछि कतारले पनि सावधानी अपनाएको छ । कतारको आन्तरिक मन्त्रालयले इरानी आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी दूतावास नजिक बसोबास गर्ने दोहाका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको जनाएको छ ।

    टर्कीले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई नाटोको हवाई रक्षा प्रणालीमार्फत नष्ट गरिएको जनाएको छ । उक्त क्षेप्यास्त्र इरानबाट प्रक्षेपण भई इराक र सिरिया हुँदै टर्कीको हवाई क्षेत्रतर्फ गइरहेको बताइएको छ । रक्षा मन्त्रालयले लक्ष्य स्पष्ट नगरे पनि विदेश मन्त्रालयले इरानका राजदूतलाई बोलाएर स्पष्टीकरण मागेको छ । एक टर्की अधिकारीका अनुसार क्षेप्यास्त्र ग्रीक साइप्रसको एउटा सैन्य आधारतर्फ लक्षित गरिएको भए पनि मार्ग परिवर्तन भएको थियो ।

    युद्धको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध मोर्चामा अमेरिकी प्रदर्शनको प्रशंसा गर्नुभएको छ । टेक उद्योगका प्रमुखहरूको भेलामा बोल्दै उहाँले अमेरिकी कारबाहीलाई अत्यन्त सफल भन्दै युद्धको मूल्याङ्कन ‘१० को मापनमा १५’ जस्तो रहेको टिप्पणी गर्नुभयो ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पनि वासिङ्टन र तेल अभिवले संयुक्त रूपमा युद्धमा ‘ऐतिहासिक लाभ’ हासिल गरेको दाबी गरेको छ ।

    अमेरिकी आन्तरिक राजनीतिमा भने यस युद्धलाई लिएर मतभेद देखिएको छ । अमेरिकी सिनेटले इरानमाथिको सैन्य कारबाही रोक्ने उद्देश्यले ल्याइएको द्विदलीय प्रस्ताव अस्वीकार गरेको छ । सिनेटमा रिपब्लिकनहरूको ५३–४७ बहुमत रहेको र प्रस्ताव त्यही मतान्तरले असफल भएको हो । उक्त प्रस्तावले कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्ने प्रयास गरेको थियो ।

    युद्धमा अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि फरक–फरक देखिएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले बढ्दो द्वन्द्वमा भूमिका निर्वाह गर्नुपर्ने सम्भावना नकार्न नसकिने बताउनुभएको छ । क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटका क्रममा उहाँले क्यानाडा आफ्ना सहयोगीहरूसँग उभिने बताउनुभयो ।

    यता स्पेनले भने अमेरिकाले आफ्नो सैन्य आधार प्रयोग गरेको भन्ने दाबी अस्वीकार गरेको छ । अमेरिकी व्यापारिक प्रतिशोधको धम्कीपछि ह्वाइट हाउसले स्पेन सहयोग गर्न तयार भएको जनाएको थियो । तर स्पेनका विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले इरानमाथिको बमबारीका लागि आफ्नो देशको नीति परिवर्तन नभएको स्पष्ट गर्नुभयो ।

    चीनले भने कूटनीतिक पहल अघि बढाउने सङ्केत दिएको छ । विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा तनाव कम गर्न विशेष दूत पठाइने बताउनुभएको छ । बेइजिङ इरानको घनिष्ठ साझेदार मानिन्छ र उसले इरानको सार्वभौमिकताको समर्थन गर्दै अमेरिका र इजरायललाई सैन्य आक्रमण रोक्न आग्रह गर्दै आएको छ ।

    यसैबीच कतारले पनि इरानप्रति असन्तुष्टि व्यक्त गरेको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानका विदेशमन्त्रीसँग फोनमा कुरा गर्दै तेहरानले आफ्ना छिमेकीहरूलाई युद्धमा तान्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

    समुद्री व्यापारमा पनि युद्धको प्रभाव देखिन थालेको छ । डेनमार्कको ठूलो शिपिङ कम्पनी मार्सक र जर्मनीको हपाग–लोयडले जोखिम मूल्याङ्कनपछि अर्को सूचना नआउन्जेल खाडी क्षेत्रतर्फका बुकिङ स्थगित गरेका छन् । यसअघि चीनको कोस्कोले पनि यस्तै निर्णय लिएको थियो ।

    इरानले होर्मुज जलडमरूमध्य प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ ।

    होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक मानिन्छ ।

    ओमानको नौसेनाले पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा मिसाइल प्रहार भएको कन्टेनर जहाजका २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्याङ्करहरूलाई अमेरिकी नौसेनाले एस्कर्ट गर्न तयार रहेको बताएको एक दिनपछि इरानी सेनाले जलडमरूमध्यमा आफ्नो ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको थियो ।

    युद्धको असर टाढा दक्षिण एसियासम्म पनि पुगेको छ । श्रीलङ्काली नौसेनाका एक अधिकारीका अनुसार श्रीलङ्काको तट नजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई टारपीडो प्रहार गरी डुबाएपछि समुद्रबाट ८७ जनाको शव बरामद गरिएको छ । उहाँका अनुसार उद्धार टोलीले हालसम्म ती शवहरू सङ्कलन गरिसकेको जनाएको छ ।

    बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.