काठमाडौँ । राष्ट्रिय जनमोर्चा प्रत्यक्षतर्फका उम्मेदवारहरू विशाल दर्लामी, मेघनाथ विष्ट, तुलसी सापकोटा र माधव भाटक्षेत्रीले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार उम्मेदवार चारै जनाले आआफ्नो जिल्लाबाट मतदान गर्नुभएको हो ।
राजमो केन्द्रीय सदस्य दर्लामीले पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट मतदान गर्नुभएको छ । सोही क्षेत्रका उम्मेदवार रहनुभएका दर्लामीले रैनादेवी छहरा गाउँपालिकाको वडा नं. २ अमिलेस्थित जोगवाणी माविस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
अर्का केन्द्रीय सदस्य तथा रोल्पा निर्वाचन क्षेत्रबाट राजमो उम्मेदवार मेघनाथ विष्टले पनि आफ्नै जिल्लाबाट मतदान गर्नुभएको छ । उहाँले रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ श्री चन्द्रप्रभा माविस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
यता बाँके–१ बाट राजमो उम्मेदवार बन्नुभएका तुलसी सापकोटाले पनि मतदान गरिसक्नुभएको छ । कोहलपुर नगरपालिकाको वडा नं. १२ स्थित ज्ञानज्योति माविस्थित मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।
कपिलवस्तु–१ बाट राजमो उम्मेदवार बन्नुभएका माधव भाटक्षेत्रीले पहिलो मतदाताको रूपमा मतदान गर्नुभएको छ । बाणगङ्गा नगरपालिका–४ डुगाहवास्थित शान्ति निमावि मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।