दार्चुला । दार्चुलाको दुधिला मावि अपि हिमाल–३ को मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन ।
Advertisement
स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु नभएको हो ।
यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए ।
नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।