• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

इरानमाथि लादिएको युद्ध रोक्न तीन किसान संगठनको अपिल


  •   बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । तीन किसान सङ्गठनले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादद्वारा इरानमाथि लादिएको भयावह युद्ध रोक्न अपिल गरेका छन् ।

    Advertisement

    २०८२ फागुन २१ गते बिहीबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो अपिल गरेका हुन् ।

    वक्तव्यमार्फत उनीहरूले कूटनीतिक संवादद्वारा युद्ध रोक्न सम्बद्ध सबै पक्षसित आग्रहसमेत गरेका छन् ।

    युद्धका कारण खाडीराष्ट्रका कार्यरत नेपाली मजदुर र अन्य श्रमिकको सुरक्षा तथा रोजगारीमाथि गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूले वक्तव्यमा श्रमिकको जीवनरक्षा तथा सम्बन्धित देशका फिर्तीमा ध्यान दिन सरकारसित आग्रहसमेत गरेका छन् ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षर रहेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “विश्व र यसका श्रोतसाधनमाथि प्रभुत्व जमाउन एक वा अर्को किसिमले निरन्तर लागिरहेको अमेरिकी साम्राज्यवाद र यसको सहयोगी जातिवादी इजरायलले इरानमाथि जबर्जस्ती लादेको युद्ध र इरानका राष्ट्रप्रमुख खोमेनीलगायत उच्च इरानी अधिकारीको क्रुर हत्या गरेकोमा हामी त्यसको घोर निन्दा र भत्र्सना गर्दछौँ र साम्राज्यवादी युद्धको प्रतिकार गर्दा देहावसान भएका सर्वोच्च नेताका साथै सबैप्रति गहिरो दु:ख र समवेदना प्रकट गर्दछौँ ।

    यो साम्राज्यवादी युद्धप्रकरणले अन्तत: तेश्रो विश्वयुद्ध निम्त्याउने भयावह खतराको दिशामा विश्वलाई धकेलेको छ र यतिखेर मध्यपूर्व यो युद्धको लपेटामा नराम्रोसँग परेको छ । यसले विश्व अर्थतन्त्र, आपूर्ति शृङ्खला र रोजगारीलाई अत्यन्तै गम्भीर सङ्कटमा पारेको छ र विश्वमा यसको पीडादायक असर लामो समयसम्म रहने खतरा उत्तिकै बढेको छ ।

    अत: विकसित भएको यस भयावह स्थितिमा हामी नेपाली किसानका प्रतिनिधि संस्थाको रूपमा सङ्घर्ष गर्दै आएका विभिन्न किसान सङ्गठन अखिल नेपाल प्रगतिशील किसान सङ्घ, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ (अप्फा) संयुक्त राष्ट्र सङ्घको बडापत्र, विश्वमान्य अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्र समुदायको सार्वभौमिकताको सिद्धान्तलाई ठाडै कुल्चिँदै साम्राज्यवादी अमेरिका र जातिवादी मुस्लिम विरोधी इजरायलले सुरु गरेको मध्यपूर्वको विध्वंशकारी युद्ध तुरुन्त विनाशर्त रोकियोस् र राजनीतिक संवाद तथा कूटनीतिक पहलद्वारा समस्याको समाधान खोजियोस् जोडदार माग गर्दछौँ ।

    यो युद्धको लपेटामा परेका नेपालबाट रोजगारीको निमित्त मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली मजदुरलगायत सम्पूर्ण श्रमजीवी जनताको जिउधनको सुरक्षा तथा जीवनको सुनिश्चितताको प्रत्याभूति गरियोस् र उनीहरूलाई सुरक्षित स्वदेश फिर्ता गर्ने उचित र प्रभावकारी प्रबन्ध तुरुन्तै मिलाइयोस् भन्ने विशेष माग गर्दछौँ ।

    खतरनाक र अत्यन्तै घातक हतियार प्रयोग गरिँदै गरेको प्रलयकारी युद्धको चपेटामा परेर नेपालबाट खाडीराष्ट्रमा रोजगारीको निमित्त पुगेका २० लाखभन्दा बढी किसानका छोराछोरी, श्रमिक आज जीवनकै खतरामा पर्न थालेका छन् । त्यसमाथि उनीहरूको रोजगारी गुम्ने, चालु परियोजना स्थगित हुने, अतिरिक्त काम रोकिने, युद्धकालीन विपत्तिमा परेर सुरक्षित स्थानान्तरण पनि चुनौतीमा पर्ने गम्भीर खतरा आइपरेको छ । यसर्थ यी सबै जोखिमबाट नेपाली श्रमिकलगायत सबै श्रमिकको जीवनको रक्षा र सुरक्षित अवतरण गर्न/गराउन सबन्धित मित्रराष्ट्रलगायत हामी सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।”

    बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.