• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उम्मेदवारी खारेजी र जेलसजाय हुन सक्ने २५ कसुर यी हुन्


  •   बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४, निर्वाचन आयोग ऐन–२०७३ र निर्वाचन (कसुर तथा सजाय) ऐन–२०७३ मा कसुर र सजायसम्बन्धी व्यवस्था छ ।

    Advertisement

    यी ऐन र निर्वाचन आचारसंहिता विपरीतको कार्य भए/नभएको निर्वाचन आयोग स्वय्मले अनुगमन र अनुसन्धान गर्नेछ ।

    यसबाहेक सुरक्षा निकाय, राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेका छन् । निर्वाचन पर्यवेक्षण गर्ने संस्था र सञ्चारमाध्यमले समेत गलत कार्य भए/नभएको ख्याल गरिरहेका छन् ।

    निर्वाचनसँग सम्बन्धित ऐनमा कस्तो गलत कार्य गर्दा के सजाय हुने व्यवस्था छ ? निर्वाचनसँग सम्बन्धित विषयमा भने गलत कार्य गर्नेलाई निर्वाचन आयोग वा निर्वाचन अधिकृतले दण्डित गर्नेछन् ।

    यी हुन् उम्मेदवारसमेत खारेज हुने २५ सजाय :

    १. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ को खण्ड ‘ग’ मा भनिएको छ– ‘निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति प्रतिनिधि सभासदस्य निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ ।’ यस्तो व्यक्तिको उम्मेदवारी परेको रहेछ भने निर्वाचन आयोगले अनुसन्धान गरेर उम्मेदवारी नै खारेज गर्न सक्दछ । निर्वाचनपछि समेत यो विषयमा अनुसन्धान र निर्णय हुन सक्दछ । विजयी भएको रहेछ भने पनि उम्मेदवारी दिँदा अयोग्य रहेको ठहर हुँदा त्यस्तो पद स्वत: रिक्त हुनेछ ।

    २. निर्वाचन आयोग ऐन–२०७३ मा निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा सजाय हुने व्यवस्था छ । निर्वाचन आयोगले क्षेत्रअनुसार फरकफरक खर्च गर्न पाउने सीमा तोकेको छ । सीमा पार गरेको अवस्थामा निर्वाचन आयोगले पछि जरिवाना गर्नेछ । जरिवाना नबुझाउनेलाई उम्मेदवार हुन रोक्नेसम्मको सजायको व्यवस्था ऐनमा छ ।

    ३. निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ अनुसार ‘कसैले पनि उम्मेदवारी दिँदा झुटा विवरण वा कागजात संलग्न गरी मनोनयनपत्र पेस गर्न वा गर्न लगाउनु हुँदैन ।’ यस्तो कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    ४. कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउनु हुँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था निर्वाचन (कसुर तथा सजाय) ऐन–२०७३ को दफा ४ मा छ ।

    ५. कसैले पनि मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्नुहुँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

    ६. मतपत्रको दुरुपयोग पनि गर्न हुँदैन । मतपत्र दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    ७. गैरकानुनी तबरले मतपत्र दिन वा लिए पनि दण्डनीय हुनेछ । गैरकानुनी तबरले मतपत्र दिने वा लिने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    ८. मतदानको अधिकारविना मतदान गर्नु दण्डनीय कार्य हो । मतदानको अधिकारविना मतदानको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    ९. कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्नुहुँदैन । एकपटकभन्दा बढीपटक मतदान गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    १०. कानुननत: मतसङ्केत सार्वजनिक गर्नुहुँदैन । मतसङ्केत सार्वजनिकको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    ११. कसैले पनि मतदान गर्दा मतदानसम्बन्धी प्रचलित सङ्घीय कानुन वा आयोगले तोकेको प्रक्रिया उल्लङ्घन गर्नुहुँदैन । यस्तो प्रकृया उल्लङ्घनको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    १२. मतपत्रबाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्नुहुँदैन । मतपत्रबाहेक अन्य वस्तु मतपेटिकाभित्र खसाल्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    १३. कसैले पनि मतदान भएको मतपत्र बिगार्न वा नष्ट गर्नुहुँदैन । मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    १४. मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्र्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउनु हुँदैन । मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिने कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    १५. कुनै पनि गैरनेपाली नागरिकले निर्वाचनमा मतदान गर्नुहुँदैन । अनधिकृत रूपमा मतदान गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    १६. उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमतिप्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्ति मतगणनास्थलमा प्रवेश गर्न हुँदैन । अनधिकृत रूपमा मतगणनास्थलमा प्रवेश गर्ने कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृत वा अनुगमनकर्ताले

    १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    १७. मतगणनासम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्नुहुँदैन । मतगणनासम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    १८. गलत ढङ्गले मतगणना गर्नहुँदैन । गलत ढङ्गले मतगणना गर्ने कार्य गर्ने निर्वाचन अधिकृत वा कर्मचारीलाई निजको सेवासर्तसम्बन्धी कानुनबमोजिम कारबाही हुनेछ ।

    १९. सुरक्षाको लागि खटिएको सुरक्षाकर्मीबाहेक अन्यले हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्नुहुँदैन । सुरक्षामा खटिएको सुरक्षाकर्मीबाहेक हतियार लिई हिड्ने कार्य गर्ने व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    २०. मतदान हुने दिन कसैले पनि शान्ति भङ्ग गर्न हुँदैन । मतदानको दिन शान्ति भङ्ग गर्ने कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    २१. निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनमा कुनै उम्मेदवार वा मतदाता वा निजमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्नुहुँदैन । प्रभाव पार्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    २२. मतदातालाई प्रभाव पार्ने गरी नगद वा जिन्सी दिन वा लिन पाइँदैन् । नगद वा जिन्सी दिने वा लिने कार्य गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    २३. निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीले कुनै लिखत, कागजात, अभिलेख वा विवरण झुटा हो भन्ने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो लिखत, कागजात वा अभिलेखलाई कानुनबमोजिमको प्रयोजनका लागि मान्यता दिन हुँदैन । गलत लिखतलाई मान्यता दिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत वा कर्मचारीलाई निजको सेवासर्तसम्बन्धी कानुनबमोजिम कारबाही हुनेछ ।

    २४. निर्वाचन अधिकृत, मतदान अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी वा सुरक्षाकर्मी वा आयोगबाट खटाइएको अनुगमनकर्ता आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन हुँदैन । पदीय जिम्मेवारीबाट पन्छिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीलाई निजको सेवासर्तसम्बन्धी कानुनबमोजिम कारबाही हुनेछ ।

    २५. कसैले पनि कानुनबमोजिम बाहेक निर्वाचनको गोपनीयता भङ्ग गर्न हुँदैन । कानुनबमोजिम बाहेक निर्वाचनको गोपनीता भङ्ग गर्ने कार्य गर्ने व्यक्तिलाई आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.