• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमोलाई विजयी गराउन अध्यक्ष केसीको आह्वान


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा समानुपातिक उम्मेदवार चित्रबहादुर केसीले आगामी निर्वाचनमा गिलास चुनाव चिह्नमा मत दिएर विजयी गराउन आम नेपाली जनतासित आह्वान गर्नुभएको छ ।

    कावा अध्यक्ष रश्मिराज नेपालीसमेतको उपस्थितिमा २०८२ फागुन १७ गते आइतबार रुपन्देहीको खैरेनीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको राष्ट्रियता, लोकतन्त्र तथा गणतन्त्रको रक्षा गर्न राजमोको जित आवश्यक रहेको बताउनुभयो ।

    उहाँले राजमो स्थापनाकालदेखि नै भ्रष्टाचार, विकृति र विसङ्गति विरुद्ध निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै सङ्घीयता खारेजीको मुद्दालाई दृढतापूर्वक उठाउँदै आएको स्मरण गर्नुभयो ।

    ‘देशलाई कमजोर बनाउने संरचना र नीतिका विरुद्ध राजमोले निरन्तर आवाज उठाएको छ’ उहाँले भन्नुभयो– ‘राष्ट्रको स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न सक्षम शक्ति राजमो मात्रै हो ।’

    अध्यक्ष केसीले विदेशी शक्तिको प्रभावमा सञ्चालन भइरहेका दलले सत्ता हात पारे देश गम्भीर सङ्कटतर्फ धकेलिन सक्ने चेतावनी दिनुभयो ।

    नेपाललाई अन्तर्राष्ट्रिय शक्तिसङ्घर्षको मैदान बन्न नदिन सचेत नागरिकले सही निर्णय लिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले गलत शक्ति विजयी भए देश युक्रेनजस्तै द्वन्द्वग्रस्त अवस्थातर्फ जान सक्ने बताउनुभयो ।

    कार्यक्रममा रुपन्देही निर्वाचन परिचालन समितिका मूल संयोजक तथा समानुपातिक उम्मेदवार लीलबहादुर केसीले नेपालमाथि विदेशी शक्तिको ठाडो हस्तक्षेप बढ्दै गएको आरोप लगाउनुभयो ।

    उहाँले राष्ट्रिय स्वाभिमान जोगाउन राष्ट्रवादी शक्तिलाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै राजमो त्यसको विश्वसनीय विकल्प भएको विचार व्यक्त गर्नुभयो ।

    त्यसैगरी रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिबहादुर केसीले आफूलाई जनताको सेवकका रूपमा काम गर्ने अवसर दिन आग्रह गर्नुभयो ।

    उहाँले जनताको समस्या समाधान, विकास निर्माण तथा सुशासन स्थापनाका लागि आफू प्रतिबद्ध रहेको बताउँदै गिलास चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्नुभयो ।

    सभाका अन्य वक्ताले राष्ट्रियता, जनजीविका र सुशासनका मुद्दालाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा राजमोलाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रमको सञ्चालन नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले गर्नुभएको थियो ।

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.