हेटौँडा । राष्ट्रिय जनमोर्चा मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नं. २ को थाहा नगरपालिकाभरि चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्कीको नेतृत्वमा २०८२ फागुन १७ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
टोलीमा समानुपातिक उम्मेदवार शोभा गोपाली, राजमो जिल्ला सचिव दिनेश विष्ट, अखिल नेपाल महिला सङ्घ मकवानपुरकी सदस्य प्रमिला कार्की, राजमो शुभेच्छुक विवेक विष्टलगायतको सहभागिता रहेको थियो ।
घरदैलो अभियान थाहा नगरपालिकाको चित्लाङदेखि सुरु भएको थियो । अभियानटोली टौखेल, बज्रबराही, सरस्वतीबजार, कुन्छाल, ओखरबजार, थानाबजार, दोबाटो, शिखरकोट, गोपालीगाउँ, पालुङबजार, फाँटबजार, फेदिगाउँलगायत क्षेत्रमा घरदैलो गरेर डाँडागाउँ आइपुगेको थियो ।
अभियानमा राजमोलाई शुभेच्छा प्रकट गर्ने धेरै मतदातासँग भेटघाट, घोषणपत्र, पर्चा वितरणजस्ता कार्यक्रम गरिएको थियो ।
