काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत् बस्नेत नेपाली कङ्ग्रेस प्रवेश गरेका छन् ।
Advertisement
विक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कङ्ग्रेस प्रवेश गरेका हुन् ।
उनीहरूलाई २०८२ फागुन १७ गते आइतबार कङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए ।
उनीहरूसँगै रास्वपाका दर्जनौँ नेताकार्यकर्ता प्रवेश गरेकोसमेत कङ्ग्रेसले दाबी गरेको छ ।