तेहरान । इरानमा आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्युपछि राज्य सञ्चालनका लागि तीन सदस्यीय परिषद् गठन भएको छ ।
Advertisement
आइआरएनए समाचार एजेन्सीले जनाएअनुसार उक्त परिषद्मा देशका राष्ट्रपति, न्यायपालिका प्रमुख (मुख्य न्यायाधीश) र गार्डियन काउन्सिलका एक प्रतिनिधि रहनेछन् ।
इरानमा मसउद पेजेसकियन राष्ट्रपति तथा गोलाम होसैन मोहसेनी एजेई न्यायालय प्रमुख छन् ।
संविधानअनुसार नयाँ सर्वोच्च नेता चयन नभएसम्म यस परिषद्ले सबै नेतृत्वसम्बन्धी जिम्मेवारी अस्थायी रूपमा सम्हाल्न सक्छ । पूरै प्रक्रिया भने निर्वाचनयोग्य एसेम्ब्ली अफ एक्सपट्र्स नामक निकायको बैठकपछि मात्रै पूरा हुने कानुन छ । (एजेन्सी)