जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा चार सय ८१ थान हतियार (बन्दुक) बुझाइएका छन् ।
Advertisement
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् ।
यहाँका आठ जिल्लामा विभिन्न व्यक्तिले दुई हजार पाँच सय ३१ थान इजाजतप्राप्त हातहतियार लिएको तथ्याङ्क भए पनि हालसम्म चार सय ८१ थान मात्र प्राप्त भएको कार्यालयले जनाएको छ । अझै दुई हजार ५० थान हतियार बुझाउन बाँकी छन् ।
स्थानीय प्रशासनले नजिकको प्रहरी एकाइ वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन सूचना जारी गरेका थिए ।