काठमाडौँ । राष्ट्रिय जनमोर्चा चितवनले जिल्लाव्यापी सभा र कोणसभा गर्दै चितवनको टोली चुनावी मैदानमा रहेको छ ।
२०८२ फागुन १३ गते भएको कार्यक्रममा चौबिसकोठीको सभालाई राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सम्बोधन गर्नुभएको हो ।
त्यस्तै टाँडीबजारमा समानुपातिक उम्मेदवार डम्मर पुरीले सम्बोधन गर्नुभएको थियो भने शारदा बजारमा रश्मिराज नेपाली, चितवन–३ का कृष्ण केसी र समानुपातिक उम्मेदवार डम्मर पुरीले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै क्षेत्र नं. १ को पर्साबजारमा आयोजित सभालाई समानुपातिक उम्मेदवार ठाकुर खनालले सम्बोधन गर्नुभएको थियो भने मालपोतचोकमा चितवन–२ की उम्मेदवार देवी शर्मा र समानुपातिक उम्मेदवार ठाकुर खनालले सम्बोधन गर्नुभएको थियो ।
प्रचारप्रसारमा राजमो जिल्ला सचिव परिचालन संयोजक पदम वाग्लेलगायतको टोली चुनावी मैदानमा रहेका छन् ।
कार्यक्रममा प्रचारप्रसार टोली विभिन्न ठाउँमा बाजागाजासहित कोणसभा, घरदैलो, पर्चापम्प्लेट र माइकिङ गर्दै अगाडि बढेको उम्मेदवार पुरीले जानकारी दिनुभयो ।


