सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान–५ असुरकोट र वडा नंं. ६ को खिल्जीमा राष्ट्रिय जनमोर्चाको आयोजनामा छुट्टाछुट्टै चुनावी सभा सम्पन्न भएको छ ।
२०८२ फागुन १३ गते बुधबार दुवै स्थानमा राजमोका कार्यक्रम सम्पन्न भएका हुन् ।
सभामा नागरिकका गुनासो तथा सुझाव सङ्कलन गर्नुका साथै आफ्ना प्रतिबद्धता नागरिकसमक्ष राखेको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभयो ।
अभियानमा अर्घाखाँचीका राजमो उम्मेदवार पशुपति ढकाल, समानुपातिक उम्मेदवार लक्ष्मी विक, राजमो नेता शेरबहादुर बिसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष उषा पुन, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव ठाकुर पन्थी, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जातीय समता समाजका नेता प्रेम नेपालीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण राजमो भूमिकास्थानका अध्यक्ष हिमलाल बन्जाडे, असुरकोटका नेताहरू शिवप्रसाद बन्जाडे, रेसम विक तथा खिल्जीका नेताहरू प्रकाश पौडेल, उमानन्द गैरे र द्रोण भण्डारीसहितका स्थानीयले गर्नुभएको थियो ।
