काठमाडौँ । सल्यानमा राष्ट्रिय जनमोर्चाको प्रचारप्रसार कार्यक्रम चलिरहेको छ ।
Advertisement
आगामी २०८२ फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कमला डाँगीको नेतृत्वमा सो प्रचारप्रसार चलिरहेको हो ।
माघ ४ गतेदेखि सुरु भएको सो कार्यक्रम जिल्लाका विभिन्न स्थानमा गएर पर्चापम्प्लेटसहित गएको टोलीले जनभेटघाट गरिरहेको राजमो नेता ढकनप्रसाद शर्माले युगदर्शनलाई जानकारी दिनुभयो ।
प्रचारप्रसारमा राजमो जिल्लाका समिति सचिव झक्कुप्रसाद शर्मा, राजमो जिल्ला समिति सदस्य दीपेन्द्र थापा र राजमो सदस्य सावित्रा बुढाथोकीलगायत सहभागी रहनुभएको छ ।
शर्माका अनुसार मौन अविधिको अघिल्लो दिनसम्म विभिन्न कार्यक्रम सम्पन्न हुने जानकारी दिनुभयो ।