काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका लागि पाल्पा क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा गाउँगाउँ पुगेको छ ।
पाल्पा–१ मा राजमोकी उम्मेदवार नरमति सिँजालीको नेतृत्वमा त्यहाँ प्रचारप्रसार अगाडि बढेको हो ।
२०८२ फागुन ४ गतेदेखि सुरु भएको प्रचारप्रसार कोणसभा, जनभेटघाट, पर्चापम्प्लेट, माइकिङ गर्दै चलिरहेको उम्मेदवार सिँजालीले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रम रामपुर नगरपालिकाको विभिन्न सबै वडा, निस्दीखोलाका सबै वडा, पूर्वखोलाका सबै वडा, रम्भाखोलाका सबै वडालगायत विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समानुपातिक उम्मेदवार उमा सिँजाली, राजमो लुम्बिनी प्रदेश समितिका सचिव सोमकुमार कार्की, राजमो रामपुर नगर समितिका अध्यक्ष रामप्रसाद गैरे, राजमो तानसेन नगर समितिका उपाध्यक्ष पदम पौडेल, अखिल नेपाल महिला सङ्घ तानसेन नगर समितिकी उपाध्यक्ष फूलमाया सुनारीलगायतको उपस्थिति रहेको छ ।
प्रचार कार्यक्रम आगामी फागुन १८ गतेसम्म नै चल्ने सिँजालीले जानकारी दिनुभयो ।
