परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा समानुपातिक उम्मेदवार चित्रबहादुर केसीको उपस्थितिमा आमसभा हुने भएको छ ।
सो क्षेत्रकी राजमो उम्मेदवार सम्झना पौडेलका अनुसार आगामी फागुन १६ गते क्षेत्रव्यापी प्रचारपसारको सिलसिलामा अध्यक्ष केसीको उपस्थितिमा सो कार्यक्रम हुन थालेको हो ।
राजमोले सो क्षेत्रमा यतिखेर क्षेत्रव्यापी रूपमा घरदैलो, जनभेटघाटजस्ता कार्यक्रमलाई तीव्रता दिएको छ ।
प्रचारप्रसारमा उम्मेदवार पौडेलसँगै राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदी, राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारीसहितको एक दर्जनभन्दा बढीको टोली सक्रिय छ ।
हालसम्म सुनवल नगरपालिकाका वडा नम्बर २, ३, ४ र १० मा तथा रामग्राम नगरपालिकामा प्रचार कार्यक्रम सम्पन्न भइसकेको छ ।
४० ओटा वडा रहेको सो निर्वाचन क्षेत्रमा सुनवलमा १३, रामग्रामका १८, पाल्हीनन्दनका ६ र सरावलका तीनओटा वडा रहेका छन् ।
