• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

म्यााग्दीको चुनाव प्रचारमा घरदैलो र डिजिटल प्रयोग तीव्र


  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
  • बेनी । म्याग्दीका राजनीतिक दल र उम्मेदवारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुराना चुनावी शैली परिवर्तन गरेका छन् ।

    Advertisement

    विगतका निर्वाचनमा भित्तामा टाँसिने ठुला ठुला पोस्टर–पम्प्लेट र ठुला चनावी सभाभन्दा यसपटक उम्मेदवारले टोलबस्तीमा पुगेर मतदातासँग छलफल, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छन् । यसबाहेक सामाजिक सञ्जालमार्फत डिजिटल प्रचार सामग्रीको प्रयोगलाई व्यापक प्राथमिकता दिइएको छ ।

    हाल उम्मेदवारसँगै नेता र कार्यकर्ताले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिएका छन् । नेतालाई आआफ्नो पालिकामा चुनाव प्रचार गर्ने जिम्मा दिइएको छ । यसरी जिम्मेवारी पाएकाले मतदातासँग प्रत्यक्ष भेटघाट र सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार गरिरहेका छन् ।

    क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ ।

    राष्ट्रिय जनमोर्चाका उम्मेदवार छेमबहादुर विश्वकर्मा (छवि विक) ले घरदैलो, प्रत्यक्ष भेटघाटसँगै डिजिटल चुनावी शैलीमा जोड दिने बताइरहेका छन् ।

    नेपाली कङ्ग्रेस म्याग्दीका चुनाव प्रचारप्रसार समिति सदस्य निर्मल खत्री यसपटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिएको बताए ।

    नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि यस्तै शैली अपनाउँदै मतदाताको घरदैलो पुगिरहेका छन् ।

    स्वतन्त्र उम्मेदवार महावीर पुनले त टोलटोलमा घुम्दै हाते माइकमार्फत जनतालाई कटुवाल कराउने शैलीमा “लौ है जनता हो, महावीर आयो” भन्दै आफ्ना कुरा सुनाइरहेका छन् ।

    यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ ।
    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर सुवेदी, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरेलगायत उम्मेदवारले पनि सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् ।

    यहाँ एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी १२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा छन् ।

    यहाँका सबैजसो उम्मेदवारले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्र गर्ने, अन्य सडक निर्माण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

    नयाँ उम्मेदवारको उपस्थिति, दलीय राजनीतिको बिचमा स्वतन्त्र उम्मेदवारको उपस्थिति र बदलिँदो प्रचार शैलीले यसपटक निर्वाचनलाई अझ रोचक बनाएको स्थानीयबासी बताउँछन् ।

    निर्वाचनको मिति नजिकिँदै जाँदा डिजिटल प्रविधिको प्रयोग गरी प्रचार कार्य बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको छ ।

    उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गालीगलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ निगरानी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    एक निर्वाचन क्षेत्र, छ पालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।

    शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.