काठमाडौँ । काठमाडौँ–६ मा राष्ट्रिय जनमोर्चाको प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।
कावा केन्द्रीय अध्यक्ष रश्मिराज नेपाली तथा समानुपातिकतर्फका उम्मेदवारसँगै २०८२ फागुन ८ गते शुक्रबार क्षेत्रभरि सो कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार बिहान सामाखुसीबाट सुरु भएको प्रचार कार्यक्रम गोङ्गबु, गणेशस्थान, मनमैजु, फुटुङ, साङला, भत्केकोपुल, टोखा, जोरमहाङ्काल, काभ्रेस्थली, पैयाटार, धर्मस्थलीलगायतका क्षेत्रमा घरदैलो, पर्चा वितरण, माइकिङ, जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो ।
टोलीमा काठमाडौँ–४ का उम्मेदवार छवि खनाल, काठमाडौँ–६ का उम्मेदवार जगतप्रसाद रेग्मी, काठमाडौँ–७ का उम्मेदवार दीर्घकुमार श्रेष्ठ, काठमाडौँ–१० का उम्मेदवार अमरबहादुर पौडेल र समानुपातिक उम्मेदवार ऋतु केसीको उपस्थिति रहेको थियो ।
त्यस्तै टोलीमा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का बेगबहादुर बुढाथोकीलगायतका नेताकार्यकर्ताको सहभागित रहेको थियो ।
राजमोको प्रचार टोलीले भोलि शनिबार काठमाडौँ–९ भरि मोटरसाइकल र्याली गर्ने भएको छ ।