भरतपुर । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय जनमोर्चाको आयोजनामा दश स्थानमा कोणसभा सम्पन्न भएका छन् ।
सो क्षेत्रका उम्मेदवार देवी शर्माले दिनुभएको जानकारीअनुसार २०८२ फागुन ७ गते बिहीबार सभा सम्पन्न भएका हुन् ।
ती सभाहरू पुल्चोक, पोखरा बसपार्क, विशालचोक, कालिका हाईस्कुल, लामाचोक, क्लबचोक, जुटपानीबजार, सिद्दी, खोलेसिमल र सुर्जेपुरमा सम्पन्न भएका हुन् ।
सभासँगै रक्तिम सांस्कृतिक अभियानको टोलीले पनि कार्यक्रम प्रस्तुत गरेको थियो ।
सभाका अतिरिक्त राजमोले लखनचोक हुँदै रामनगर, गणेशथान, गोर्खालीचोक, झोलबजार, मालपोत, दूरसञ्चारलगायतका क्षेत्रमा घरदैलो कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
माइकिङसँगै अघि बढेको सो कार्यक्रममा ३५ जनासम्मको समूहले प्रचार कार्यक्रममा भाग लिएको बताइएको छ ।
टोलीमा प्रत्यक्ष उम्मेदवार देवी शर्मा, समानुपातिक उम्मेदवार बालकुमारी आचार्य, डम्मर पुरी, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री, अखिल नेपाल जनजाति सम्मेलनका चितवनका अध्यक्ष जितबहादुर थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्मर केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य विष्णु पौडेल, राजमो नेताहरू वीरेन्द्र थापा, लक्ष्मण चालिसे, कृष्ण सुवेदीलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै राजमोको २ नम्बर प्रचारप्रसार समितिका अनुसार राजमोले छिट्टै पत्रकार सम्मेलन गर्ने योजना रहेको बताएको छ ।