चन्द्रा श्रीस, काठमाडौँ ।
गुल्मी प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाको दुईओटा प्रचारप्रसार टोलीले कार्यक्रम सञ्चालन भएको छ ।
क्षेत्रका उम्मेदवार रामकुमार क्षेत्री (शेरबहादुर) को प्रमुख उपस्थितिमा सो कार्यक्रम सञ्चालन भएको हो ।
२०८२ फागुन ४ गतेदेखि सुरु भएको सो कार्यक्रम एउटा टोलीको नेतृत्व उम्मेदवार क्षेत्रीले तथा अर्काे टोलीको नेतृत्व राजमो गुल्मीका सल्लाहकार गङ्गा केसीले गर्नुभएको छ ।
रामकुमार नेतृत्वको टोलीले छत्रकोट, रुरु, टातिम, बलेटक्सार, रानीबास हुँदै चोरकाटेलगायतका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
अर्को टोली कालीगण्डी गाउँपालिका क्षेत्रबाट अगाडि बढेको छ । यो टोलीमा राजमो गुल्मीका सदस्य टेकबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका गुमानसिंह पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य ओमेन्द्र कुँवर, राजमो नेता थम्मन बस्नेतलगायतको सहभागिता रहेको छ ।
प्रचारको क्रममा घरदैलो, माइकिङ, प्रचापम्प्लेट वितरणजस्ता कार्यक्रम गरिएको बताइएको छ ।
