काठमाडौँ । राष्ट्रिय जनमोर्चाका प्रचार प्रसार टोल फागुन ६ गते काठमाडौँका क्षेत्र नम्बर ५ अन्तर्गतका विभिन्न स्थानहरूमा पुगी प्रचारप्रसार गरेको छ ।
Advertisement
पार्टीको तर्फबाट सो क्षेत्रमा अशोकविक्रम जिसी उम्मेद्वार हुनुहुन्छ । जिसीको अगुवाईमा सो दिन टोली महाराजगञ्ज, सामाखुशी, बालुवाटार, हात्तीगौडा, लाजिम्पाट, धापासीका केही भाग, बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७ मा पुगी प्रचार प्रसार गरेको छ ।
त्यसैगरि टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ लगायतका वडाहरूमा सोही टोलीले प्रचार प्रसार गरेको थियो ।
उक्त क्षेत्रका उम्मेद्वार अशोकविक्रम जिसी प्रत्येक दिन जनभेटघाटलाई तिब्रतासाथ अगाडि बढाइरहनुभएको छ । जिसीका अनुसार मतदाताहरूले आफूलाई राम्रो सहयोग गरिरहनु भएको र मतदान पर्ने गर्ने विश्वास गर्नुभएको छ ।
