• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सत्तापक्ष र प्रतिपक्ष अमेरिकाकै बनाउन प्रधानमन्त्रीका धेरै उम्मेदवार घोषणा : सिंह (भिडियो अन्तर्वार्ता)


  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सत्तापक्ष र प्रतिपक्ष दुवै अमेरिकाको बनाउन प्रधानमन्त्रीका धेरै उम्मेदवार घोषणा गरिएको धारणा व्यक्त गर्नुभएको छ ।

    युगदर्शन मिडियाका लागि २०८२ फागुन ६ गते भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘अमेरिकाले एकैसाथ कैयौँ प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेको छ’ उहाँले भन्नुभयो– ‘त्यसका पछाडिको योजना यो हो– कसैलाई प्रधानमन्त्री बनाउने, अर्कोतर्फ प्रतिपक्षी पनि आफ्नै बनाउने ।’

    देशमा एकातिर रास्वपाका बालेनलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरिएको अर्कोतर्फ नेपाली कङ्ग्रेसका गगन थापालाई पनि प्रधानमन्त्रीकै दाबेदार बताइएको सन्दर्भमा उहाँको सो धारणा आएको हो ।

    अन्तर्वार्ताको क्रममा उहाँले अमेरिकी योजनाअनुसार नै जेनजी आन्दोलन भड्काइएको र उसकै योजनाअनुसार अहिले बेमौसमी प्रकारले चुनाव हुन गइरहेको विश्लेषणसमेत अघि सार्नुभयो ।

    केही दिनअगाडि गण्डकी, लुम्बिनी र बागमतीका विभिन्न जिल्ला भ्रमण गरेर काठमाडौँ आउनुभएका महामन्त्री सिंहले साम्राज्यवादको विरुद्ध जनमत रहेको खुलासा गर्नुभयो ।

    ‘अहिलेको चुनाव बेमौसमी बाजा हो’ उहाँले भन्नुभयो– ‘तर जनतामा सामन्तवादी र साम्राज्यवादीलाई हराउन व्यापक उत्साह छ ।’

    अन्तर्वार्ताको क्रममा उहाँले अमेरिकाले नेपालमा कठपुतली सरकार गठन गर्नकै लागि अहिलेको चुनाव गराउन खोजे पनि जनताले त्यसलाई असफल बनाइदिने विश्वास व्यक्त गर्नुभयो ।

    चुनावी तालमेलको सन्दर्भ

    आसन्न चुनावमा तालमेलको सन्दर्भबारे उहाँले मसालको नवौँ महाधिवेशनले एकल चुनाव लड्ने नीति पारित गरेको तर स्थानीय आवश्यकताअनुसार खास स्थानमा तालमेल गर्न सक्ने नीति पनि खुला राखेको बताउनुभयो ।

    सोही नीतिअनुसार बागलुङमा मात्रै चुनावी तालमेल सम्भव भएको तर अन्यत्र चुनावी तालमेल नभएको उहाँले जानकारी दिनुभयो ।

    ‘उम्मेदवारी दर्तापछि काठमाडौँ, गुल्मी, प्युठान, दाङ, डोटी, बर्दिया आदि ठाउँबाट तालमेलका सुझाव आए’ उहाँले भन्नुभयो– ‘तर ती सबै सुझावमा हामीले उम्मेदवारी फिर्ता लिएर उनीहरूलाई सघाउनुपर्ने माग गरिएको थियो । हामीले यस्तो सुझावलाई मान्ने कुरै थिएन ।’

    २०७९ सालको निर्वाचनमा तालमेल गर्दाको सङ्क्षिप्त अनुभव सुनाउँदै उहाँले अहिले तालमेलको प्र्रस्ताव गर्नेहरूप्रति विश्वास गर्ने स्थिति नरहेको बताउनुभयो ।

    ‘गत चुनावमा एउटा पक्षले तालमेलमा इमानदारिता देखाएको थियो, त्यो थियो नेपाली कङ्ग्रेसको देउवा पक्ष’ उहाँले भन्नुभयो– ‘स्वयम् कङ्ग्रेसको प्रतिपक्ष, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीले त्यो चुनावमा इमानदारिता देखाउन सकेनन् ।’

    महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चाले मात्रै आफ्नो सांसदलाई कठोर कारबाही गरेरै भए पनि सहकार्यमा इमानदारिता देखाएको दाबी गर्नुभयो ।

    चुनावको मुख्य एजेन्डा

    अन्तर्वार्ताको क्रममा उहाँले राजमोका उम्मेदवारलाई विजय गराउनु आफूहरूको मुख्य एजेन्डा रहेको स्पष्ट पार्नुभयो ।

    सिंहले भन्नुभयो– ‘एकातिर अमेरिकी साम्राज्यवादको विरोध एउटा पक्ष हो भने अर्कोतिर भ्रष्टाचार र कुशासनको विरुद्ध सङ्घर्ष अर्को पक्ष हो ।’
    राजावादी शक्तिको प्रतिगामी शक्तिका विरुद्धसमेत सङ्घर्ष गर्नु राजमोको चुनावको अर्को एजेन्डा रहेको उहाँको भनाइ थियो ।

    एकातिर अमेरिकी साम्राज्यवादपरस्त शक्ति र अर्कातिर देशका भ्रष्टाचार र कुशासनलाई मलजल गर्ने दलको विरुद्ध राजमोका उम्मेदवारलाई विजय गराएर मात्रै देशले गति लिन सक्ने उहाँको धारणा थियो ।

    बहिष्कारको नीति गलत

    अहिले कतिपय वामपन्थी पार्टीले चुनाव बहिष्कारको नीति अपनाएकोमा उहाँले त्यसलाई गलत बताउनुभयो ।

    ‘हाम्रा वामपन्थी साथीहरूले पहिला चुनावमा भाग लिए, त्यसमा सफलता पाउन सकेनन्’ उहाँले भन्नुभयो– ‘अहिले उनीहरूले चुनाव बहिष्कार गरेका छन् । यो निक्रिय प्रकारको बहिष्कार हो ।’

    महामन्त्री सिंहले जनआन्दोलनको बलमा राजतन्त्रको अन्त गरी स्थापना भएको गणतन्त्रलाई अस्वीकार गर्ने गरी चुनाव बहिष्कार गरेकाले पनि उनीहरू नीति गलत भएको बताउनुभयो ।

    उहाँले निष्क्रिय बहिष्कार र प्रतिगमनलाई सघाउने गरी लोकतन्त्र, गणतन्त्रको विरोध गर्ने दुवै नीतिलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तले स्वीकार गर्न नसक्ने धारणासमेत राख्नुभयो ।

    बङ्गलादेश घटना

    भर्खरै सम्पन्न बङ्गलादेशको चुनावको सन्दर्भमा महामन्त्री सिंहले त्यसको परिणाम सही नआएको धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले जुन नेतृत्व चुनावबाट आएको छ, त्यसमा पहिल्यै भ्रष्टाचारमा मुछिएर बदनाम भएको, जेलसजाय तोकिएका व्यक्ति सामेल छन् ।’

    उहाँले शेख हसिना सरकारको तानाशाही शासन गलत भए पनि त्यसका विरुद्धको आन्दोलनलाई अमेरिकाले उपयोग गरेको धारणा राख्नुभयो ।

    महामन्त्री सिंहका अनुसार सही राजनीतिक दलको नेतृत्व नभएका कारण बङ्गलादेशको आन्दोलन र पछिल्लो निर्वाचनले सही दिशा लिन सकेन ।

    (सर्वोच्च अदालतद्वारा संसद् पुनस्र्थापना, रवि लामिछानेको पासपोर्ट वा नागरिकतासम्बन्धी फैसला दिन ढिलाइ, रविकै विरुद्ध दुई मुद्दाबारे रुपन्देही र कास्की अदालतको आदेश, जेनजी घटनाबारे छानबिन आयोगको प्रतिवेदन, सेना दिवसमा विदेशी सेनाको परेडलगायतका विषयमा महामन्त्री सिंहको विस्तृत धारणा बुझ्न युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=V-sbAgcXgus वाच गर्न अनुरोध गरिन्छ ।)

    शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.