भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार ईश्वरीप्रसाद पैयानीले आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ ।
Advertisement
पैयानीले आज भक्तपुरको कमलबिनायकमा मतदातासँग भेटघाट तथा घरदैलो मार्फत चुनावी प्रचार–प्रसार थाल्नुभएको हो ।
स्थानीय बासीसँगको कुराकानीमा उनले देशमा सङ्घीयताको खारेजी, भ्रष्टाचारीलाई कारबाही, रोजगारी, स्वास्थ्य तथा शिक्षामा पहुँच आदि विषयमा प्रतिबद्धता जनाउनु भएको थियो ।
पैयानीले भक्तपुरका विभिन्न टोल र बस्तीहरूमा आफै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने बताउनु भयो ।
भेटघाट तथा घरदैलो कार्यक्रममा उम्मेदवारका साथ रामप्रकाश पुरी, राजेश गोसाई, गोविन्द शर्मा उहाँका साथ हुनुहुन्थ्याे ।
