काठमाडौँ । अनेरास्ववियु (छैठौँ)का पूर्व इकाई सदस्य सुदर्शन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता चयन भएका छन् । हेमन्त प्रकाश ओली (सुदर्शन) यतिवेला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन ४ गते बसेको स्थायी समिति बैठकले ओलीलाई प्रवक्ता चयन गरेको बताइएको छ ।
२०८१ साल मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भन्दा पहिले पनि उनी सो पार्टीको प्रवक्तामा थिए ।
हेमन्त प्रकाश ओली २०३६ सालमा रुकुम जिल्लाको पेउघा निमाविमा अनेरास्ववियु(छैटौँ)को इकाई समितिबाट राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न भएका हुन् । २०४७ सालमा गठन भएको तत्कालीन नेकपा (एकता केन्द्र) को विद्यार्थी सङ्गठन अनेरास्वविय एघारौँ राष्ट्रिय सम्मेलन तयारी समितिसम्म चार वर्ष विद्यार्थी संगठनको केन्द्रीय समितिमा रहेर पार्टी राजनीतितर्फ लागेका थिए ।