तौलिहवा । कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ मा राष्ट्रिय जनमोर्चाले औपचारिक रूपमा प्रचार कार्यक्रम सुरु गरेको छ ।
२०८२ फागुन ४ गते सोमबार खरेन्द्रपुरमा प्रचारात्मक सभा गरी सो अभियान सुरु गरिएको हो ।
सभालाई क्षेत्र नं. ३ का उम्मेदवार केरसिंह अदै, समानुपातिक उम्मेदवार कर्मराज चौधरी र अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका सदस्य छन्दबहादुर केसीले मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा सही नीतिसिद्धान्त बोकेको पार्टी भएको दाबी गर्नुभयो ।
दाग नलागेको पार्टी भएको कारण जनताले राजमोलाई जिताउनुपर्ने धारणासमेत उहाँहरूले राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन केहरसिंह पुनले गर्नुभएको थियो ।
त्यस्तै, धनगढवा, गिददौरा सुकुम्बासी टोलमा पनि प्रचारात्मक भेटघाट कार्यक्रम गर्दै वडा नं. ४ को समितिचोकमा प्रचारात्मक सभा सम्पन्न भएको छ ।
सभामा प्रत्यक्ष उम्मेदवार केरसिंह अदै र छन्दबहादुर केसीले मन्तव्य राख्नुभएको थियो ।
यहाँको कार्यक्रमको सञ्चालन पनि केहरसिंह पुनले गर्नुभएको थियो ।
कार्यक्रममा मुस्लिम समुदायले सौहार्दपूर्ण तरिकाले राजमोलाई स्वागत गरेका थिए ।
