प्युठान । आसन्न निर्वाचन नजिकिँदै गर्दा प्युठान जिल्लाको दक्षिणी भेगमा स्थित सरुमारानी गाउँपालिकामा पूर्व मसालहरू एक जुट हुनथालेका छन् । सरुमारानीमा पूर्व मसालहरू एकठाउँमा हुँदा दक्षिण प्युठानमा पनि तिलक जिसीको विजय निश्चित बन्दै गएको छ ।
राष्ट्रिय जनमोर्चा प्युठानको चुनाव परिचालन समितिका शुभास जिसीले दिएको जानकारी अनुसार सरुमारानी गाउँपालिकाको विभिन्न स्थानमा भेटघाटका दौरानमा पूर्व मसालहरू लगायत विभिन्न मतदाताहरूलाई भेटघाट गरिएको थियो ।
भेटघाटका दौरानमा जिल्लाको रैथाने उम्मेद्वार तिलक जिसीलाई जिताउन आफूहरूले गिलास चिन्हमा मतदान गर्न र गराउनका लागि विगतमा मसालमा लामोसमय काम गरेका कार्यकर्ताहरूले लागि पर्ने बताएका छन् ।

जिसी झिम्रुक गाउँपालिकाको अध्यक्ष रहेको सयममा सो पालिकालाई देशको सातौँ स्थानमा र लुम्बिनी प्रदेशमा एक नम्बर स्थानमा पुराएको विकास प्रेमी नेताको रुपमा जिल्लाका विभिन्न स्थानमा परिचित हुनुहुन्छ । उहाँले प्युठानी जनतामा पुर्याउनु भएको योगदान र बनाएको छविका कारण जिल्ला भरि नै जिसीप्रति मतदाताहरू आक्रसित भएको शुभास जिसीले युगदर्शनलाई जानकारी दिनुभएको छ ।

