सिन्धुली । राष्ट्रिय जनमोर्चा सिन्धुलीले निर्वाचन प्रचारात्मक भेला सम्पन्न पारेको छ । भेला रक्तिम साँस्कृतिक अभियान केन्द्रीय सदस्य दीप गोले तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
Advertisement
गोलेले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय जनमोर्चा मात्रै देशको राजनीतिक वैकल्पिक शक्ति भएकाले विषयलाई आम नेपाली जनतामा पुर्याउनु पर्ने आवश्यकता रहेको बताए । प्रत्यक्षतर्फ उम्मेद्वार नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिकको तर्फ गिलास चिन्हमा मतदान गर्न गराउन कार्यकर्तालाई गोलेले अनुरोध गरेका थिए ।
हिजो फागुन एक गते सिन्धुली जिल्लाको मरिण गाउँपालिका ५ चौकिटारमा सम्पन्न भेलाले मानबहादुर लोको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । जसमाः किर्तीमान मेक्चन, सोम बहादुर विक, विर बहादुर विक र जेनीसा लो सदस्य रहनुभएको छ ।