बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य स्मृतीशेष नारायण जिसीप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) काम महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले शोक व्यक्त गर्नुभएको छ ।
हिंजो फागुन १ गते राती नौ बजेर तीस जाँदा राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेश कार्यालय बुटवलमा नेकपा (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहले कम्युनिस्ट पार्टीको झण्डा र राजमो अध्यक्ष कामरेड चित्र बहादुर केसीले राष्ट्रिय जनमोर्चाको झण्डा ओडाएर शोक व्यक्त गर्नुभएको हो ।
कार्यक्रको सञ्चालन राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसी, किसान संघका केन्द्रीय सल्लाहकार गणेश गौतम, राजमो केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष इन्दिरा ज्ञवाली, राजमो प्युठान रुपन्देही सम्पर्क समितिका दिपक योगी लगाएत रुपन्देहीका राजमो नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यस भन्दा पहिले हिंजो सम्पन्न भएका चितवन, नवलपुर र नवलपरासी जिल्लाका अगुवा कार्यकर्ताहरूको भेलामा पनि कामरेड नारायण जिसीको शोकमा मौनधारण गरिएको थियो । उक्त कार्यक्रमहरूमा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह र राजमो नेता बासुदेव पोख्रेलको उपस्थिति रहेको थियो ।