काठमाडौं । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यको पदमा गुल्मीकी सुवर्ण ज्वारचनलाई मनोनित गरिएको छ ।
Advertisement
सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) ज्वारचनलाई संसद सदस्यको रुपमा पद तथा गोपनीयताको सपथ गराउँदै हुनुहुन्छ ।
नेपाली कांग्रेसकी उम्मेदवार गुल्मीकी छन्त्यालको असार १७ मा निधन भएको थियो ।
ज्वारचनलाई आइतबार २ बजे सपथ गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।