काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको निधनप्रति नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
Advertisement
ललितपुर लगनखेलस्थित हस्पिस नेपालमा पुगि पुरीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । श्रद्धाञ्जली व्यक्त गर्नेहरूमा वामपन्थी नेता आनन्द शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, राजमोका पूर्व महासचिव हरि आचार्य, अन्लाका अध्यक्ष अधिवक्ता पदम रोका हुनुहुन्थ्यो ।
त्यस्तै रमेश पौडेल, गोविन्द शर्मा, रितु केसी लगायत घरपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।
भोलि उहाँको अन्तिम संस्कार प्युठानमा गरिनेछ ।
