देउखुरी २९ माघ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले मुलुकको अहिलेको मूल विषय राष्ट्रियता, गणतन्त्रको रक्षा र संघीयताको खारेजी रहेको बताउनु भएको छ ।
Advertisement
नेपालीले विदेशी हस्तक्षेपका कारण राष्ट्रियता कमजोर अवस्थामा पुगेको बताउनु भएको हो । नेपालमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति अमेरिकी साम्राज्यवादको प्रभाव भएको दाबी गर्दै उनले वर्तमान सरकार वैधानिक नरहेको उल्लेख गर्नुभयो ।
उहाँले संसद विघटन संविधान विपरीत भएको बताउँदै निर्वाचनमार्फत निकास खोज्न आफूहरु चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो । ‘जुन तरिकाले संसद विघटन गरियो, त्यो संविधान विपरीत थियो । चुनावले निकास दिन्छ भन्ने विश्वासका साथ हामी निर्वाचनमा गएका हौँ ।’
पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।