काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँका नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । राणाले बिहीबार पार्टीबाट राजीनामा दिंदै रास्वपामा ‘थितीको अन्त्य– बेथितिको थालनी’ भएको राजीनामा पत्रमा लेखेका छन् ।
राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल संगठन र सांगठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
राणाले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको बताएका छन् । उनले आफ्नो राजीनामामा केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितीको भएको बताएका छन् । पार्टीमा बोल्ने साथीहरूको अवस्था आम नेपालीलाई थाहा भइसकेको राणाले बताएका छन् ।
अहिले विशेष परिस्थितिको नाममा संस्थागत गर्दैगर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ? राणाले प्रश्न गरेका छन् ।