काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका उम्मेदवारहरू बोमबहादुर खत्री र पद्मा पण्डितको खर्च विवरण सार्वजनिक भएको छ ।
२०८२ माघ २८ गते बुधबार खत्री र पण्डितले बेग्लाबेग्लै खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवार खत्रीले प्रस्तुत गर्नुभएको खर्च विवरणअनुसार सवारीसाधन प्रयोगबापत ३० हजार, इन्धनबापत सात हजार, कार्यालय सञ्चालनबापत १० हजार, प्रतिनिधि परिचालनबापत् १० हजार र विविध दुई हजार गरी कुल ५९ हजार खर्च भएको देखिन्छ ।

त्यस्तै, पण्डितले सवारीसाधनबापत २५ हजार, इन्धनबापत पाँच हजार, कार्यालय सञ्चालनबापत १० हजार पाँच सय, प्रतिनिधि परिचालनबापत पाँच हजार र विविध खर्चबापत एक हजार पाँच सय गरी कुल ४७ हजार रुपियाँ खर्च गरेको देखिन्छ ।

निर्वाचन कानुनअनुसार उम्मेदवार बनेको सबैले निश्चित अवधिभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा खत्री र पण्डित लुम्बिनी प्रदेशबाट राजमोको उम्मेदवार बन्नुभएको थियो ।