प्युठान । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा नौबहिनी गाउँपालिका ६ बहानेमा आइतबार चुनावी अभियान अन्तर्गत राष्ट्रिय जनमोर्चा प्यूठानले नौबहीनी गाउँपालिकामा पालिका स्तरीय कार्यकर्ता भेला गरेको छ ।
भेलालाइ सम्बोधन गर्दै महामन्त्री सिहले देशको राष्ट्रियतामाथी गम्भीर प्रकारको वैदेशीक हस्तक्षेप बढेको बताउँनु भयो । राष्ट्र, राष्ट्रियता जोगाउन एवं समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न महामन्त्री सिंहले आग्रह गर्नुभयो ।
राम प्रसाद भण्डारीको स्वागत मन्तव्य संगै अगाडि बढेको उक्त कार्यक्रमको अध्यक्षता पार्टीका पालिका समिति अध्यक्ष हर्क बहादुर पुन मगरले र सञ्चालन राजमोका पालिका सचिव हेमन्त भण्डारीले गर्नुभएको थियोे ।
भेलामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापा, नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पाहाडीले पनि मन्तव्य दिनुभएको थियो ।
नौबहिनी गाउँपालिकाका विभिन्न वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको सो भेलाले पालिका समितिका अध्यक्ष हर्क बहादुर पुन मगरको संयोजकत्वमा ५१ सदस्यीय चुनाब प्रचारप्रसार समिति गठन गरेको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका नेता बासुदेब पोख्रेल, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कमल पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।

