कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले पालिका स्तरिय चुनाव प्रचारप्रसार कार्यलय स्थापना गरेको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार केरसिंह अदैले कार्यालय उद्घाटन गर्दै, राष्ट्रिय जनमोर्चा जनता माझ लोकप्रिय बन्दै गएको धारणा राख्नु भयो ।
पार्टीले सधैभरि राष्ट्र र राष्ट्रियतालाई प्राथमिकतामा राखेर संघर्ष गरेकै कारण आज नेपाली समाजमा राजमो लोकप्रिय बनेको अदैको थप भनाई थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ कमिटी अध्यक्ष तथा पालिका स्तरिय प्रचारप्रसार समितिका संयोजक गोविन्द परिवारको अध्यक्षता र राम भरोसे यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।