बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर पाँचमा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन पार्टीका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको छ ।
माघ २४ गते सम्पन्न उक्त उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै केसीले साम्राज्यवाद विश्वभरिका मानव जातिका लागि सबैभन्दा खतराको रुपमा अगाडि आएको बताउनु भयो । यो विषयम परिस्थितिका बीच नेपालमा निर्वाचन सम्पन्न हुन गइरहेको छ, यो चुनावमार्फत नेपालमा अमेरिकी साम्राज्यवादले आफ्नो अनुकुलताको राजनीतिक पार्टीलाई स्थापित गरि उपयोग गर्ने दाउमा रहेको केसीले बताउनु भयो ।
समय मै नेपाली जनताले ध्यान नपुराए नेपालले पनि युक्रेनको जस्तै भयावह अवस्था भोग्नु पर्ने केसीले जोड दिनुभयो ।
लिला बल्लव खनालको अध्यक्षता तथा लाल बहादुर क्षेत्रीयको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई तेजेन्द्र पुनले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लालचन्द पन्थ, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, राजमो केन्द्रीय सदस्य कमला बंजाडे, राजमो जिल्ला सल्लाहकार कृष्ण वम मल्ल, बद्रे आलम, रुकबहादुर पराजुली, जयश्वर रेग्मी, गणेश गौतम लगायतले आतिथ्यता गर्नुभएको थियो ।
भेलाले लिला बल्लव खनालको संयोजकत्वमा पाँच नम्बर क्षेत्र लक्षित गरेर ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।
भेलाले कञ्चन ३, ४ र ५ नम्बर वडाका लागि तेजेन्द्र पुनको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै सोही पालिकाको १ र २ वडालाई लक्षित गरि तुलसीराम शर्माको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै सैनामैना नगरपालिकालाई लक्षित गरि कृष्ण वम मल्लको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।