खलङ्गा प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले ऐरावती गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला अर्लाबाङमा शुक्रबार सप्पन्न गरेको छ । भेलामा नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष आतिथ्यता रहेको थियो ।
सिंहले वर्तमानमा अवस्थामा देशमाथि साम्राज्यवादको चर्को हस्तक्षेप बढेको बताउनु भयो । देशभक्त तथा जनतान्त्रिक शक्तिहरूले साम्राज्यवादको विरुद्धमा सशक्त रुपमा संघर्ष गर्नुपर्ने सिंहको धारणा थियो । साम्राज्यवादको नांगो हस्तक्षेपका कारण गणतन्त्र र राष्ट्रियता अत्यन्तै नाजुक रहेको महामन्त्रि सिंहको थप भनाई थियो । ॅयो विषयम परिस्थितिका कारण नेपाली जनताले गणतन्त्र र राष्ट्रियताको रक्षा एवं संघीयताको खारेजीका लागि संघर्षरत पार्टी राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्नु अपरिहार्य रहेकोछ ।’ सिंहले प्युठानमा प्रत्यक्ष उम्मेद्वार तिलक जिसीलाई मतदान गर्न अपिल समेत गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले एमालेका उम्मेद्वार, घन्टिका उम्मेद्वारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो । यो अवस्थामा प्युठानी जनताले प्युठान कै स्थायी बासिन्दान उम्मेद्वार तिलक जिसीले जित्न आवस्यक रहेको थापाले जोड दिनुभयो ।
राष्ट्र राष्टियता जोगाउन, समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न थापाले आग्रह गर्नुभएको थियो।

राष्ट्रिय जनमोर्चाका नेता बासु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचीव केशवराज आचार्य, पार्टीका जिल्ला सल्लाहकार कृष्ण प्रसाद श्रेष्ठ, जनजाति सम्मेलनका नेता अर्जुन थापा, अखिल नेपाल युवक संघका टिकाराम आचार्य, अखिल छैठौंका केन्द्रिय अध्यक्ष शुवास जिसी, अखिल नेपाल महिला संघका सीता गैरे, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी लगाएतको आतिथ्यता रहेको थियोे ।
टिकाराम आचार्यको स्वागत मन्तव्य संगै अगाडी बढेको सो कार्यक्रमको अध्यक्षता पार्टीका पालिका उपाध्यक्ष बेगम नेपाली र सञ्चालन राजमोका उमाराम आचार्यले गर्नुभएको थियोे ।
ऐरावती गाउँपालिकाका सबै वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको सो भेलाले अध्यक्ष चन्द्र बहादुर रानाको संयोजकत्वमा २५५ सदस्य चुनाब प्रचारप्रसार समिति गठन गरेको छ ।