भरतपुर चितवन । राष्ट्रिय जनमोर्चा चितवन क्षेत्र न १ को चुनाव प्रचारप्रसारको कार्यालय रत्ननगर नगरपालिका– १० बैरियामा स्थापना गरिएको छ ।
Advertisement
राजमो नगर अध्यक्ष देबिराम शर्माको अध्यक्षता तथा राजमो केन्द्रीय समितिका सदस्य डम्मर पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबीच सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा चितवन क्षेत्र नं १ कि प्रत्येक्ष उम्मेदवार सीता क्षेत्री, समानुपातिक उम्मेदवार बालकुमारी आचार्यको विशेष आतिथ्यता रहेको थियो ।