खलङ्गा, प्युठान । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले प्युठानमा काँग्रेसका उम्मेद्वार अमेरिकाको बारबरा फाउन्डेसनका केन्द्रीय सदस्य हुनु प्युठानको लागि मात्रै नभएर सिंगो देशको लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।
(को को छन् अमेरिकाद्वारा सञ्चालित बारबरा फाउन्डेशनमा ? जान्नको लागि– Team – Barbara Foundation)
बुधबार माघ २२ गते पुन्यखोलामा सम्पन्न राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले साम्रावादी शक्तिद्वारा परिचालित व्यक्तिहरू, सत्ताको वरिपरि घुम्ने भ्रष्टपार्टी र तिनका उम्मेद्वारहरूलाई चुनावबाट किनारा लाउनु पर्ने बताउनु भयो ।
थापाले देशको राजनीतिक विकल्पमा राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई जिताउन आवस्यक रहेको बताउनु भयो । उहाँले एमालेका उम्मेद्वार, घण्टि पार्टीको उम्मेद्वारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्दै राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तिलक जिसीले जित्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
‘लामो समय काँग्रेस, एमाले र तत्कालीन माओवादीले सत्ताको बागडोर सम्हाले तर जनतालाई निरास मात्र बनाए’ थापाले अगाडि भन्नुभयो– ‘उनीहरूले चरम प्रकारको बेथिति, कुशासन र आफ्ना आसेपासे पोस्नेकाम गरे । जसले गर्दा जनतामा निराशा पैदा भयो । त्यही निराशाका कारण नै आज जनताले पूराना दलहरूप्रति अविश्वास गरिहेका छन्, त्यस्को जिम्मेवार काँग्रेस, एमाले र माओवादी हो ।’
देशलाई दिनप्रतिदिन संकटको अवस्था निम्त्याउन यीनै ठूला भनिएका पार्टीहरू जिम्मेवार रहेको थापाले बताउनु भयो ।
राष्ट्र र राष्ट्रियता जोगाउन, समग्र बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन आम प्युठानीबासी जनतालाई थापाले अपिल गर्नुभएको थियो ।

